आगामी तीन दिनको मौसम पूर्वानुमान

जारी मिति : फाल्गुन ३०  गते (बिहिबार) बिहान ६:०० बजे

 

फाल्गुन ३०  गते (बिहिबार):-

 

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदलि रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

 

रातिः देशका पश्चिमि तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ भने पूर्वि भू-भागमा समान्य देखि पूर्ण बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमापातको संभावना छ।

 

चैत्र ०१  गते (शुक्रबार):-

 

दिउँसो: देशको पश्चिमि भू-भागमा सामान्यतया बदलि रहनेछ र बाँकी भागहरुमा मौसम आंशिक बदलि रहनेछ । देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

 

रातिः देशको पहाडी भागहरुमा मौसम आंशिक बदलि रहनेछ र बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडि तथा हिमालि भेगमा हल्का हिमपातको संभावना छ।

 

चैत्र ०२  गते (शनिबार):-

दिउँसोः बिहानिपख देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पछि देशका पश्चिमि र मध्य भू-भागमा सामान्य बदली रहनेछ।

 

रातीः देशका पश्चिमि भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।