आगामी तीन दिनको मौसम पूर्वानुमान

जारी मिति: २०७५ मंसिर २० गते (बिहिबार बिहान ६:०० बजे)

 

मंसिर २० गते (बिहिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रहि उच्च हिमालि  भेगका केहि स्थानहरुमा हल्का हिमपात र पश्चिमि र मध्य पहाडि भेगका  १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।

 

राति: देशका  पश्चिमि पहाडी भू-भागमा आंशिक देखि सामान्य र मध्य र पुर्वका भु-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ | पश्चिमका उच्च पहाडि भेगका केहि स्थानहरुमा हल्का हिमपात  र पश्चिमी पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।

 

मंसिर २१ गते (शुक्रबार)

दिउँसो: देशका पूर्वि पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। पूर्वि उच्च हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपात र पहाडी भेगका १-२ स्थानमा ह्ल्का बर्षा हुने संभावना छ।

राति: देशका पूर्वि पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। पूर्वका उच्च हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपात हुने संभावना छ।

 

मंसिर २२ गते (शनिबार)

 

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रहि अन्य स्थानहरुमा आंशिक  बदलि रहने छ। उच्च हिमालि  भेगका केहि स्थानहरुमा हल्का हिमपात हुने संभावना छ।

 

राति: देशका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ | उच्च पहाडि भेगका केहि स्थानहरुमा हल्का हिमपात र पुर्व र पश्चिमी पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।