आगामी तीन दिनको मौसम पूर्वानुमान

जारी मिति: २०७५ भाद्र २९ गते शुक्रवार,बिहान ६:०० बजे

 

 

भाद्र २९ गते (शुक्रवार)

दिउसोः देशभरि नै सामान्य बदलि रहि पूर्व र मध्यका केहि तथा पश्चिमका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

रातिः देशका मध्य र पश्चिमका धेरै जसो स्थानमा आंशिक देखी सामान्य रुपले बदलि र पुर्वका धेरै जसो स्थानमा सामान्य देखि पुर्ण बदली भइ केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ र एक दुइ स्थानमा भारि बर्षा पनि हुन सक्छ। 


भाद्र ३० गते (शनिबार)

दिउसोः देशभरि नै सामान्यतया बदली रहि पूर्वका केहि तथा पश्चिम र मध्यका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

रातिः देशभरि नै आंशिक देखी सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। 


भाद्र ३१ गते (आइतबार)

दिउसोः देशका पश्चिमि भुभागमा आंशिक देखि सामान्य बदली र मध्य र पुर्वका भुभागमा सामान्यतया बदली रहि पूर्व र मध्यका केहि तथा पश्चिम  एक-दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभरि नै आंशिक देखी सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ।