आगामी तीन दिनको मौसम पूर्वानुमान

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०८-१६, साँझ ६:०० बजे)

 

मौसम विश्लेषणMeteorological Analysis):-

हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली सक्रिय छैन भने भारतीय प्रायद्वीप (Indian Peninsula) को मध्य भूभागमा उच्च चापिय प्रणाली (High Pressure System) रहेको देखिन्छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि  रहि  बाँकी स्थानहरु सामान्यतया सफा  छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर १६ गते (सोमबार )

राती: देशको पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि  रहि  बाँकी स्थानहरु सामान्यतया सफा रहनेछ ।
पहाडी भूभागका एक /दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना  छ ।

मंसीर १७ गते (मंगलबार )
दिउँसो: देशको पूर्वि पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पुर्बी पहाडी भूभागका एक /दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना  छ ।

राती: देशको पूर्वि पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसीर १८ गते (बुधबार)
दिउँसो: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

छैन।