आगामी तीन दिनको मौसम पूर्वानुमान

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०६-२ साँझ ६:०० बजे)



मौसम विश्लेषणMeteorological Analysis):

पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु-भागमा आंशिक देखी सामान्य बदलि भई पुर्वि भु-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशभर समग्र मौसमको अवस्था )Present Weather Status):

हाल देशको पुर्वी पहाडी भुभाग आंशिक देखि सामान्य वदलि र मध्य तथा पश्चिमी पहाडमा आंशिक बदलि र तराईका भुभागमा सामान्यतया सफा रहेको छ।

असोज २२ गते (बुधवार) 

राती:  देशको पहाडमा भु -भागमा आंसिक बदलि रहि पुर्वी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराइका भु-भागमा  सामान्यतया सफा रहने छ।

असोज २३ गते (बिहिबार) 

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि पुर्वका थोरै स्थानहरुमा साथै मध्य र पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ 

राती:  देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि साथै पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। पुर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २४ गते (शुक्रबार) 

दिउँसो: देशको पहाडी भुभागमा आंसिक देखि सामान्य बदलि रहि एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।

राती:  देशको पहाडी भुभागमा आंसिक बदलि रहि एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

छैन