आगामी तीन दिनको मौसम पूर्वानुमान

जारी मिति : जेष्ठ ०१ गते (बुधबार), साँझ ६:०० बजे

जेष्ठ ०१ गते (बुधबार):

राति: देशका पूर्वी भु-भाग लगायत मध्य तथा पश्चिमि पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशको पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। 

जेष्ठ ०२ गते (बिहिबार):

दिउँसो: देशको पूर्वी र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।  देशको पूर्वी र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पहाडी भु-भागमा आंशिक बदलि रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। 

जेष्ठ ० गते (शुक्रबार):

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदलि रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।  देशका पहाडी भु-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।